स्टक ब्रोकर्स एसोसिएसनद्वारा एफएनसीसीआई प्रतिनिधिलाई सम्मान

स्टक ब्रोकर्स एसोसिएसन नेपालले पूँजीबजार क्षेत्रमा आबद्ध रही नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष तथा विभिन्न क्षेत्रबाट निर्वाचित एफएनसीसीआई प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एफएनसीसीआईका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, दिल सुन्दर श्रेष्ठ, कृष्णप्रसाद शर्मा, पूँजीबजारका भेट्रान […]