डाक्टर भगवान नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी

के–पाल्स यूकेकी ट्रष्टी तथा एनआरएनए आइसीसीकी सचिव प्रसुना कँडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्ने लक्ष्यसहित के–पाल्स यूके स्थापना गरिएको उनले बताइन्।