आप्रवासीहरू विरुद्ध अमेरिकी सरकारको देशव्यापी धरपकड तीव्र भइरहेका बेला ह्युस्टनमा मंगलबार आइसका एजेन्टले एक चालकको गोली हानी हत्या गरेका छन्। एजेन्सीले जारी गरेको विज्ञप्ति अनुसार, अधिकारीहरूले सवारी साधन रोक्न खोज्दा उक्त घटना भएको हो। गोली लागेर मृत्यु हुने व्यक्तिको पहिचान लोरेन्जो साल्गाडो अराउजोको रूपमा भएको छ। आइसले उनलाई मेक्सिकन नागरिक र कागजातबिहीन आप्रवासी भनेर उल्लेख […]