ट्रम्प प्रशासनको नयाँ आवास योजनाले हजारौँ परिवार घरबारविहीन हुने खतरा, ३७ हजार अमेरिकी बालबालिका प्रभावित

ट्रम्प प्रशासनले अमेरिकाभरका हजारौँ परिवारको उठिबास गराउन सक्ने गरी एक नयाँ आवास नियम प्रस्ताव गरेको छ। यस विवादास्पद नियमअनुसार यदि कुनै परिवारको एकजना सदस्य मात्र पनि अध्यागमन स्थितिका कारण आवास सहायताका लागि अयोग्य ठहरिएमा पूरै परिवारले संघीय सरकारबाट पाउने ‘आवास सहायता’ गुमाउनुपर्नेछ। पूर्व आवास तथा सहरी विकास मन्त्री जुलियन क्यास्ट्रोले यस प्रस्तावको कडा आलोचना गर्दै […]