२६ कर्मचारी सरुवा, कामकाज तथा दरबन्दी मिलान (सूचीसहित)

काठमाडौँ । मधेश प्रदेशको अर्थ तथा योजना मन्त्रालयले प्रशासन सेवाअन्तर्गत लेखा समूहका २६ कर्मचारीको सरुवा, कामकाज तथा दरबन्दी मिलान गरेको छ। मन्त्रालयले असोज १३ गतेको निर्णयअनुसार लामो समयदेखि एउटै निकायमा कार्यरत कर्मचारीलाई हेरफेर गरेको हो। सरुवा तथा कामकाजसम्बन्धी निर्णयमा छैटौँ र सातौँ तहका १२ जना अधिकृतस्तरका कर्मचारी समेत रहेका छन्।