अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

दैलेख, दुल्लु नगरपालिका-५ दुल्लु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेख समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित […]