सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको विमान ९एन– एएमएस हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । पाइलट खड्का सकुशल रहेका छन् । हेलिकप्टरमा अन्य कुनै यात्रु थिएनन् । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियाे […]