विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको वर्षा गरेको छ। लिक्टेनस्टाइनविरुद्ध गोलको वर्षा गर्दै बेल्जियमले ७-० को शानदार जित निकालेको हो। समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलको सुरुवातदेखि नै अग्रता कायम गरेको बेल्जियमले ऐतिहासिक जित निकालेको हो। यो जितसँगै बेल्जियमले विश्वकप २०२६ मा स्थान पक्का गरेको छ। खेलको तेस्रो मिनेटमा हान्स भानाकेनको गोलको […]