नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार २३ माघदेखि उनले पदभार सम्हालेकी हुन् । बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी डंगोल २०५१ देखि नेपाल टेलिकममा सेवा दिँदै आएकी छन्। उनी प्रादेशिक निर्देशनालय विराटनगर, काठमाडौं र वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमा निर्देशक भएर […]