पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ । यतिबेला देशभरी नै राजनीतिक दल, उम्मेदवार र आम राजनीतिकर्मी आ–आफ्नो पक्षको प्रचार–प्रसारमा जुटिरहेका छन् । तर, विशेष महाधिवेशनबाट अचानक बाहिरिनुपरेको नेपाली कांग्रेसको एउटा नेतृत्व समूहलाई भने निर्वाचनले धेरै छुन सकेको छैन । विशेष महाधिवेशनबाट अचानक पदविहीन र टिकटविहीन हुन पुगेका केही नेताहरूले अझै काठमाडौं समेत […]