काठमाडाैं। विभिन्न राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएसँगै मुलुक निर्वाचनमा होमिएको छ। निर्वाचन होला कि नहोला भन्ने आशंका र अन्योलकाबीच यसले निर्वाचनतर्फ होमिएको सन्देश दिएको हाे। समानुपातिक उम्मेदवार चयनमा भने दलहरुले उम्मेदवार चयनमा लक्षित वर्गलाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ। समानुपातिक उम्मेदवार चयनमा विगतदेखि नै शक्ति र पहुँच हावी हुँदै भएको छ। […]