ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा दिउँसो १ बजेसम्म २४.५० प्रतिशत मत खसेको छ। निर्वाचन अद्यावधिक विवरणअनुसार महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य १ जना गरी जम्मा ३० हजार ६७ मत खसेको जनाइएको छ। जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको सहभागिता निरन्तर बढिरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।