नेपाल राष्ट्र बैंकले तिहारका लागि कात्तिक १९ र २० गते सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । बबरमहलस्थित टक्सार महाशाखाबाट दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिने बैंकले जनाएको छ । एक व्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान किन्न पाउनेछन् । चाँदीतर्फ १० ग्रामका लक्ष्मी र […]