खोटाङको खानीडाँडा-याम्खा-पञ्चमी सडक कालोपत्रे गर्ने प्रक्रिया सुरु
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खानीडाँडा विमानस्थलदेखि दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा, रातमाटा हुँदै पञ्चमी बजारसम्मको १५ किलोमिटर सडकमध्ये आधा दूरीमा स्तरोन्नतिसहितको कालोपत्रे गर्न लागिएको हो।