४२ वर्षअघिका हाम्रा ती दसैँ-तिहार!

२०३५/३६ सालसम्मको दसैँमा हामीले टीका लगाएपछि दक्षिणा थाप्ने भनेको एक मोहर वा आठ आना वा पचास पैसा थियो। एक मोहर दक्षिणा पाउँदा हामी औधी खुसी हुन्थ्यौँ किनकि त्यति बेला एक मोहर भनेको हाम्रा लागि ठुलै रकम मानिने अवस्था थियो।