आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोड्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको आर्थिक कूटनीतिलाई व्यापार, लगानी, पर्यटन र उद्योग विस्तारसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने बताएका छन्। चेम्बर सचिवालय जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्सका विद्यार्थीहरूसँगको अन्तरक्रियामा उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगलाई आर्थिक गतिविधिको सक्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। उनका अनुसार नेपालको आर्थिक कूटनीतिको प्राथमिकता […]