प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्। भेटवार्तामा आपसी हित तथा नेपाल–चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमणसमेत गरेका छन्। उनले विश्वविद्यालयका गतिविधि तथा शैक्षिक कार्यक्रमबारे […]