एभरेस्ट महिला भलिबल लिगको बाँकी खेल २६ कात्तिकबाट

काठमाडौँ। एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आगामी २६ कात्तिकदेखि पुनः सुरु हुने भएको छ। इन्फिनिटी ड्रिम्सकी सीईओ स्नेभी चापागाईंका अनुसार जेन-जी आन्दोलनका कारण रोकिएका लिगका खेल २६ देखि २९ कात्तिकसम्म हुने भएको हो। लिगका बाँकी खेल सञ्चालनका लागि नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भइसकेको उनले जानकारी दिइन्। लिगका १६ मध्ये नौ खेल […]