काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जाडोयाममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग ९हाइपोथर्मिया० का लक्षण देखिने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको […]