विज्ञ र पेशाकर्मीको संसद्‌ यात्राः नीति निर्माणमा नयाँ अनुहारको प्रतिस्पर्धा

नीति निर्माण गर्ने थलो संसद्‌मा पुग्ने दौडमा यसपटक अर्थविद्‌देखि पूर्वाधार विज्ञ, इन्जिनियर, वैज्ञानिक र चिकित्सकसम्म चुनावी मैदानमा उत्रिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा पेशाकर्मीहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ । अर्थविद्को पहिचान बनाएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले तनहुँ–१ बाट […]