घरभित्रको कामबिना अवस्था र व्यवस्था चल्दैन, तर महिलाबिना राजनीति किन चलाइँदै छ ?

भोट हाल्ने दिन नजिकिँदै गर्दा महिला भोटरको सहभागितालाई महत्त्व दिइन्छ । तर, महिला प्रतिनिधित्वको सवाल फेरि पनि औपचारिकतामा सीमित बनेको छ । प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारको संख्या अत्यन्त न्यून छ ।