भारतमा जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा विस्तार

मौलिक थकाली खाना पाइने स्थानका रूपमा चर्चित र लोकप्रिय जिम्बु थकालीले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ ।