नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बढेर आए पनि भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४० […]