धनगढी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालु केन्द्रीय समितिसमक्ष वर्तमान विषम् परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५औं महाधिवेशनको कार्यतालिका नआउनु दुखद् भएको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने चिन्ता जनाए। कांग्रेस विधानअनुसार पदाधिकारीहरुको कार्यविभाजन भएको […]