महँगो यार्सागुम्बाको अँध्यारो पाटो

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित मोहरी गाउँ अग्लो भेगमा रहेको बस्ती हो। यो गाउँमा पुग्न ठाडो उकालो हिँड्नुपर्छ। गाउँलेहरू भन्छन्, “यो गाउँको बाटो मात्र होइन, भाग्य पनि उकालो छ।” उकालोमा घर, उकालोमा खेतीपाती, उकालोमै पैसा। यहाँका बासिन्दा मोटर आउँछ भनेर सपना देख्छन्, तर गाउँमा अझैसम्म सडक पुग्न सकेको छैन। यही गाउँका हुन्, २१ वर्षीय ओमप्रकाश बुढा। […]