बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन कार्यालयभित्रै यही पुस १६ गते निर्वाचन […]