काठमाडौँ – प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ सम्बन्धी सूचना संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ । शपथ चैत १२ गते हुँदैछ। सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि बोलाएको हो । सूचना अनुसार उक्त दिन दिनको २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसद दुई घण्टा अगाडि नै पुग्नुपर्नेछ […]