काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन २० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले एकै दिन २ हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका र उनीहरुबाट जरिवानास्वरुप २० लाख ३९ हजार राजस्व दाखिला भएको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ […]