जिल्ला प्रशासन जुम्लाका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बूढा दुवै जना हाल काजमा छन् […]