काठमाडौँ। विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी केही नेता-कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य, गाउँपालिका पूर्वअध्यक्षदेखि बहालवाला उपाध्यक्ष, वडामा निर्वाचित जनप्रतिनिधि तथा स्याङ्जा, ओखलढुंगालगायत विभिन्न जिल्लाका एमाले नेता नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीलाई पार्टी संयोजक पुष्पकमल दाहाल‚ सह-संयोजक माधवकुमार नेपालले टीका लगाएर […]