तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई हरायो - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद) - स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन जोडेपछि खेल सुपर ओभरमा धकेलियो । सुपर ओभरमा नेपालले १९ रन जोड्दा जवाफमा नेदरल्यान्ड्सले पनि १९