एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो सदस्यको टुंगो लगाउनुका साथै विभिन्न विभागलाई पूर्णता दिने, भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सहइञ्चार्जहरु तोक्ने कार्यसूची छ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव सचिवालयबाट पारित गरिने र केन्द्रीय […]