नयाँ पब्लिक चार्ज नियम लागू, १८० दिनभन्दा बढी विदेश बसेका ग्रिनकार्डवाहक प्रभावित हुन सक्ने

न्युयोर्क — निश्चित आप्रवासीको ग्रिनकार्ड आवेदन मूल्यांकन गर्दा उनीहरूले प्राप्त गरेका सरकारी सुविधासहित विभिन्न आर्थिक तथा पारिवारिक अवस्थालाई विचार गर्न सकिने नयाँ संघीय पब्लिक चार्ज नियम बिहीबारदेखि लागू भएको छ। न्युयोर्क इमिग्रेसन कोलिसनले शुक्रबार नयाँ नियमबारे न्युयोर्कका आप्रवासीका लागि जानकारी सार्वजनिक गर्दै नियमले निश्चित ग्रिनकार्ड आवेदकको मूल्यांकनमा अध्यागमन अधिकारीलाई पहिलेभन्दा व्यापक आधारमा व्यक्तिगत अवस्था हेर्ने […]