खाँदबारी– जेन-जी आन्दोलनपछि उत्पन्न भएको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा एकसाथ पैदल तथा मोबाइल गस्ती थालेका हुन् । जिल्लाका खाँदबारी, तुम्लिङटार, चैनपुरलगायत बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ […]