रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराजले बालेन आफ्नो जिल्लामा आएको थाहै पाएनन्
चार दिनको सुदूरपश्चिम भ्रमणमा बालेन मतदातासँग बोलेनन् । बालेनले प्रदेशका १६ वटै निर्वाचन क्षेत्र पुगेर आफ्ना पार्टीका लगभग सबै उम्मेदवारलाई भेटे । तर, रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराज थापाले भने बालेन जिल्ला पुगेको पत्तै पाएनन् ।