डेनमार्क: हुलाक सेवा अन्त्य गर्ने विश्वकै पहिलो देश

डेनमार्कले पत्र वितरण अर्थात् हुलाक सेवा अन्त्य भएको घोषणा गरेको छ। यससँगै डेनमार्कको ४ सय वर्ष पुरानो डाक सेवाको युग समाप्त भएको छ। डेनमार्कको सरकारी डाक सेवा ‘पोस्टनर्ड’ ले आफ्नो इतिहासकै अन्तिम पत्र वितरण गरिएको जानकारी दिएको छ। ४ सय वर्षदेखि सञ्चालन हुँदै आएको यो राष्ट्रिय सेवा डिजिटल युगको बढ्दो प्रभावका कारण बन्द भएको हो। […]