काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने गरि दिएको आदेशलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरिदिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले १९ बुँदा लामो फैसला सुनाउँदै सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नै मुख्य […]