तिमीलाई थाहा छ छोरी, तिम्रो त्यो हाँसो, तिम्रो पढ्ने तीव्र इच्छा र तिम्रो भविष्यका ती ठुला सपनाहरू... सबै अधुरै रहे। तिमी भन्थ्यौ नि— ‘बुबा, म पढेर ठुलो मान्छे बन्छु र तपाईँलाई सुख दिन्छु।’ तिम्रा ती शब्दहरू आज मेरो कानमा गुन्जिरहन्छन्। तर आज तिम्रा ती सपनाहरू चिताको आगोसँगै खरानी भए।