गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।  आज एक विज्ञप्ति जारी गरी विभागका प्रवक्ता एवं निर्देशक टिकाराम ढकालले नेपाली नागरिकलाई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले त्यस विपरीत काम गर्ने दुई जनालाई  जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको बताए ।  निजहरूले प्रचलित कानुन र […]