अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को मध्यावधि निर्वाचनप्रति चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पदमा पुनः फर्किएर एक वर्ष नबित्दै ट्रम्प प्रशासनको पहिलो ठूलो राजनीतिक परीक्षा मंगलबारका मुख्य राज्यीय निर्वाचनहरूमा हुँदैछ । भर्जिनिया र न्यु जर्सीले गभर्नर चयन गर्दैछन्, क्यालिफोर्नियाले संसदीय नक्सा पुनःआकंन गर्ने जनमत सङ्ग्रहमा मतदान गर्दैछ, र न्युयोर्क सिटीले नयाँ मेयर मंगलबार छान्दैछ । […]