सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, दोषीलाई कारबाही गर्न राष्ट्रसंघको माग

संयुक्त राष्ट्रसङ्घ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन्। महासचिवले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ। मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको […]