भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै

भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री काठमाडौं आउन लागेका हुन् । भ्रमणका क्रममा राई र मिस्रीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्नुका साथै साझा चासो र आपसी हितका विषयमा छलफल हुनेछ । […]