काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत सङ्घ संस्थाको सहकार्यमा पोखरीको किनारमा करिब ५०० वर्तालुलाई पूजाआजा गर्न मिल्ने गरी घाटलाई व्यवस्थित गरिएको हो । पोखरीको चारैतिर पेटीमा वर्तालुलाई बस्ने, सूर्यलाई अर्घ्य दिने, पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर […]