गृहमन्त्री अर्याल र मधेश प्रदेशकी गृहमन्त्री अन्सारीबीच सुरक्षा संवाद
मधेश प्रदेशकी गृह, कानुन तथा सञ्चारमन्त्री तथा प्रदेशसभा सदस्य विमला अन्सारीले संघ सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग विशेष राजनीतिक तथा सुरक्षा संवाद गरेकी छन् ।