काठमाडौं– नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणासम्म महँगोमा केरा बिक्रिबितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्यधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो । किसानले बारीबाट स्थानीय जात(मालभोग) ७० देखि ८५ रुपैयाँप्रति […]