आरसीओडीको म्यादबारे निर्णय गर्न ऊर्जामन्त्रीले बोलाए सरोकारवालाको बैठक

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाको व्यावसायिक विद्युत् उत्पादनको निर्धारित अन्तिम मिति (आरसीओडी) सम्बन्धी विषयमा छलफल गर्न सरोकारवालाको बैठक बोलाएका छन्। नेपाल विद्युत् प्राधिकरणमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी तथा आरसीओडीको चरणमा रहेका जलविद्युत् आयोजनाका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा करिब ७० आयोजनामध्ये प्राथमिकतामा परेका आयोजनालाई आमन्त्रण […]