सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम् होटेलमा दुई दिनअघि ३२ वर्षीय गौरव ऐरमाथि गरिएको आक्रमणको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगअन्तर्गत उनीहरूलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले धनगढी उपमहानगरपालिका, नेपाल–भारत सीमामा रहेको त्रिनगर भन्सार क्षेत्रबाट आरोपित व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ […]