धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा

सुनसरी। धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) ले पदबाट राजीनामा दिएका छन्। उनले आजैदेखि लागु हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गरेका हुन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उपमहानगर प्रमुख साम्पाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र १ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताए। उनले भने‚ “म जहाँ जाँदै […]