धान कुट्न मिल आयो, ओखल हरायो

जुम्ला। आधुनिक उपकरण भित्रिएसँगै पछिल्लो समय दुर्गम पहाडी जिल्ला जुम्लामा धान कुट्ने ओखल हराउँदै गएको छ। यहाँ विद्युत् पहुँच पुगेसँगै धमाधम ‘मिल’ स्थापना हुन थालेसँगै परम्परागत ओखल क्रमशः लोप हुँदै गएका छन्। तिला गाउँपालिका ४, नुवाकोट गाउँका राजकन्या सार्कीले अचेल ओखल, ढिकी मात्र होइन जाँतो पनि गाउँघरमा विरलै पाइने जनाइन्। अहिले यहाँ गाउँमा नौ गाउँका […]