४ खर्ब सम्पत्ति घट्ने गरी किन डराइरहेका छन् सेयर लगानीकर्ता?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एकाध पटक बजारमा नराम्रा गरिरहेकाहरू मात्रै डराउनुपर्ने भनेर ढाडस दिन नखोजेका होइनन्। तर सरकारले लगानीकर्ताहरूमा विश्वास जगाउनै सकिरहेको छैन। बजारमा खराब प्रवृत्ति वा अवैधानिक गतिविधि गरिएकै कारण पक्राउ हुनु नराम्रो होइन भने बजार किन घटिरहेको हो त?